विपद् जोखिम न्युनिकरणका लागि दोदा नदी किनारमा वृक्षारोपण

Image

शंकरपुर (कञ्चनपुर)–हरियाली लालझाडी, सुरक्षित नदी किनारः जलवायु उत्थानसिल समुदाय हाम्रो आधार भन्ने मुल नाराका साथ कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. २ कञ्जस्थित दोदा नदी किनारमा बिहीबार वृक्षारोपण गरिएको छ ।
लालझाडी गाउँपालिकाको आयोजनामा बिभिन्न संघ संस्थाहरुको आर्थिक तथा प्रावधिक सहयोग र स्थानीयको सहभागितामा सिसम, बाँस, नेपियर घाँस, लिचि र आपका बोटविरुवाहरु रोपिएको हो । सम्भावित विपद् जोखिम न्युनिकरणका लागि नदी किनारामा वृक्षारोपण गरिएको र यसबाट प्राकृतिक प्रकोप न्युनिकरणसँगै स्थानीयको आयआर्जनमा सुधार आउने अपेक्षा गरिएको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए । उनले वृक्षारोपण कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै गाउँपालिकाका अन्य स्थानहरुमा पनि वृक्षारोपण गरिने जानकारी दिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राजबहादुर शार्कीसहित गाउँपालिकाका जनप्रतिनिधीहरु कर्मचारीहरुको पनि सहभागिता थियो । गाउँपालिकामा कार्यरत कर्मचारी अमरसिँह धामीले लालझाडी गाउँपालिकामा पछिल्ला बर्षहरुमा बढ्दो प्राकृतिक प्रकोप न्युनिकरणका लागि वृक्षारोपण, पुर्वतयारी र साना अल्पीकरणका कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको बताए ।

प्रतिक्रिया जनाउनुहाेस्