
डडेल्धुरा–रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या दुई सय दुई पुगेको छ।
नेपाल प्रहरीका अनुसार विभिन्न जिल्लामा गरी हालसम्म दुई सय दुई जनाको शव फेला परेको हो। सबैभन्दा धेरै चितवनमा एक सय आठ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार पूर्वनवलपरासीमा ३२, धादिङमा २७, गोरखामा २०, तनहुँमा १३, नुवाकोटमा १२, पश्चिम नवलपरासीमा ६ र रसुवामा दुई जनाको शव फेला परेको छ। बाढी तथा त्यसबाट सिर्जित विपद्मा परेका ३६१ जना घाइतेको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ।
भोटेकोशीमा आएको बाढीपछि नदी तटीय क्षेत्रका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। मृतक तथा प्रभावितको संख्या अझै बढ्न सक्ने भएकाले विस्तृत विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया जनाउनुहाेस्













