महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशस्तरीय दीर्घकालीन पुनर्स्थापना केन्द्र भवन बन्दै

Image

कञ्चनपुर-महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशस्तरीय दीर्घकालीन पुनर्स्थापना केन्द्र भवनको निर्माण  थालिएको छ । लैङ्गिक हिंसापीडित महिलाको दीर्घकालीन व्यवस्थापनका लागि निर्माण गरिने भवनको शिलान्यास गरिएको हो ।

सम्झौता अनुरूप यो भवन दुई वर्षमा तयार भएपछि प्रदेश सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराउने छ । एसियन विकास बैङ्क र युएनओको लागत साझेदारी तथा सरकारको ३० प्रतिशत लगानीमा सुदूरपश्चिम प्रदेशस्तरीय दीर्घकालीन पुनर्स्थापना केन्द्र भवन निर्माण अगाडि बढाइएको हो । भवन आगामी २०८५ जेठ २७ गतेसम्म निर्माण गरिसक्ने गरेर सम्झौता भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता लोकेन्द्रप्रसाद भट्टले बताए। उनका अनुसार अनक जोशी–शङ्कर जेभीसँग ११ करोड ४० लाख ३६ हजार १५४ रुपियाँ लागतमा दुई चरणमा गरी भवनको निर्माण गर्ने गरेर ठेक्का सम्झौता भएर निर्माण कार्य अगाडि बढाइएको छ ।  भवनमा एकै पटक ८० जनासम्मलाई राख्न सकिने  सामाजिक विकास मन्त्रालयका प्रवक्ता भट्टले जानकारी दिए।

प्रतिक्रिया जनाउनुहाेस्