दोस्रो कार्यकालकालका लागि राप्रपा डडेल्धुराको नेतृत्वमा भण्डारी

Image

डडेल्धुरा–राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुराको ७औँ  जिल्ला अधिवेशनबाट पुनः राजेन्द्र भण्डारीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत गठन गरिएको छ।

झण्डै तीन दशक अघि राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनमा आवद्ध भई विद्यार्थी राजनीतिमा होमिएका भण्डारी डडेल्धुराको राजनीतिमा इमान्दार र स्वच्छ छवि बनाएका नेता हुन् । तत्कालिन जिल्ला विकास समितिको सदस्यका रुपमा जनप्रतिनिधिको अनुभव सङ्गालेका भण्डारीको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। समतिकिो उपाध्यक्षमा रामबहादुर शाह, गणेश भण्डारी र कविता जोशी, सचिवमा लालबहादुर सेडा, कोषाध्यक्षमा सागर नगरकोटी तथा प्रवक्तामा सुरेश तोलाङ्गी चयन भएका छन्। यस्तै हिक्मतबहादुर साउद, मदनराज पाण्डेलगायत सदस्यहरू छन्। साउद अमरगढी नगरपालिकाका पुर्व नगरप्रमुख हुन् ।

नवनिर्वाचित अध्यक्ष भण्डारीले राष्ट्र, राष्ट्रियता, सनातन सनातन हिन्दु धर्म संस्कृति तथा राष्ट्रिय एकताको सम्वद्र्धन गर्न पार्टीलाई थप सशक्त, प्रभावकारी र जनमुखी बनाउने प्रतिवद्धता ब्यक्त गरे । जिल्लामा सुशासन प्रवद्र्धनका लागि सकृय भण्डारीले आम नागरिकलाई सुशासनको प्रत्याभुति हुन नसकेको अबस्थामा पार्टीले नागरिक स्वतन्त्रता, सुदृढ लोकतन्त्र र अशल शासनका लागि निरन्तर संघर्ष गर्ने बताए । जिल्ला अधिवेशनमा सहभागी राप्रपाका केन्द्रीय नेता पाका राजनीतिकर्मी रामचन्द्र चटौतले संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई सशक्त रुपमा अघि सारिने जानकारी दिए ।

प्रतिक्रिया जनाउनुहाेस्