परशुराममा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवाप्रवाह सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

Image

डडेल्धुरा–डडेल्धुराको भित्रिमधेस क्षेत्रस्थित परशुराम नगरपालिकामा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्वन्धि सचेतनामुलक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी वेदराज फूयलको अध्यक्षतामा परशुराम नगरपालिकाको सभाकक्षमा आईतबार सम्पन्न कार्यक्रमका प्रमुख अतिथि परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले भित्रिमधेस क्षेत्रमा शान्ति सुरक्षा, अमनचयनको वातावरण सिर्जन ागर्न अपराधिक कृयाकलाप नियन्त्रण गरिन आवश्यक रहेको बताए। कार्यक्रममा जिल्ला प्रशासन कार्यालय डडेल्धुराको सेवा प्रवाहका सवालहरूका सन्दर्भमा प्रशासकीय अधिकृत चन्द्रबहादुर रोकायाले सहभागीहरुलाई जवाफ दिएका थिए। जिल्लाको समग्र शान्ति सुरक्षा र अपराध नियन्त्रणका सवालहरुमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी बरूणबहादुर सिंहले जवाफ दिएका थिए।

डडेल्धुरा जिल्लाको आधा जनसंख्या रहेको भित्रीमधेश क्षेत्रको शान्ति सु–व्यवस्था कायम राखी आम सर्वसाधारणलाई सुरक्षाको अनुभूती हुने गरी सुरक्षा व्यवस्था मजबुद गरिने र अपराध नियन्त्रणसँगै सेवाप्रवाहलाई चुस्त दुरूस्त बनाईने प्रमुख जिल्ला अधिकारी फयुलले प्रतिवद्धता ब्यक्त गरेका छन। भित्रिमधेस क्षेत्रमा बर्षौदेखि अल्झिरहेको भूमि व्यवस्थापन सम्बन्धी समस्यालाई सामाधान गर्न जिल्ला भूमि समस्या सामाधान समितिले प्रभावकारी रूपमा तत्काल काम थालनी गर्ने प्रतिबद्धता व्यक्तगर्दै प्रजिअ फुयलले जिल्लामा सुशासन प्रवद्र्धनगर्दै आम नागरिकलाई सरकारको अनुभुती दिलाउन प्रयत्नसिल रहने बताए।

कार्यक्रममा परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र सांउदसहित नगरपालिकामा कार्यरत कर्मचारीहरु, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सचिवहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो । कार्यक्रममा सहभागीहरूले खुला छलफलको क्रममा परशुराम क्षेत्रको शान्ति सुरक्षा, अपराध नियन्त्रण,लागू औषध,अवैध मदिरा नियन्त्रण, नागिरकता र भुमि समस्या र विपद् व्यवस्थापन सम्बन्धी बिषयहरूका बारे आ–आफ्नो जिज्ञासा राखेका थिए ।

प्रमुख जिल्ला अधिकारी फुयलको संयोजकत्वमा सुरक्षा निकायका पदाधिकारीसहितको टोलीले मित्र राष्ट भारतसंग सिमा जोडिएका क्षेत्रको सिमा नाकाहरूको स्थलगत अनुगमन गर्दै सिमा नाकाबाट हुने अपराधिक गतिविधीहरूलाई प्रभावकारी रूपमा नियमन गरी चेकजाच, गस्ति पेट्रोलिङ बढाउन सवै सुरक्षा निकायहरूलाई निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ। प्रजिअ फुयलले भाद्र २४ गते देखि डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको पदभार सम्हालेसँगै पहिलो पालिका भ्रमण भित्रीमधेशबाट शुभारम्भ गरेका हुन्।

प्रतिक्रिया जनाउनुहाेस्