डडेल्धुरा–प्रजातानित्रक काँग्रेसको नेतृत्वकाललाई समेत जोड्दो तीन कार्यकाल कांग्रेसका शक्तिशाली सभापति रहेका र पाँचपटक मुलुकको नेतृत्व गरेका शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरासहित देशभर एक्लिँदै गएका छन्।
तत्कालिन कर्णबहादुर मल्ल नेतृत्वको जिल्ला कार्यसमितिलाई बाईपास गरेर केन्द्रबाट झण्डै एक हजार दुई सय बढि क्रियासिल सदस्यता थपघट गरी प्रहरी परिचालन गरेर जर्बजस्ती जिल्ला सभापति बनाईका भीमबहादुर साँउद, पुर्वसभापति रघुबर भट्ट, बरिष्ठ नेता गोविन्दराज बोहरा, नैनसिंह महरसहित अधिकांस जिल्ला स्तरीय नेताहरुले देउवाको साथ छोडेका हुन्। सुदूरपश्चिम प्रदेशमै देउवाको साथ छोड्ने नेता कार्यकर्ताहरुको संख्या ठुलो छ।
१४औँ महाधिवेशनका सबैजसो पदाधिकारी र करिब सय केन्द्रीय सदस्यले साथ छोडेसँगै देउवा पक्ष निकै कमजोर बन्न पुगेको छ।देउवाको प्रभाव क्षेत्रमै उनी पक्षीय नेताहरु एकाएक सभापति गगन थापालाई सघाउन थालेका छन् । डडेल्धुरा जिल्लाका ५२ वटै वडामा कांग्रेस संस्थापन पक्षले तोकेको कार्यतालिकाअनुसार वडा अधिवेशन हुने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । संस्थापन पक्षको कार्यतालिकाअनुसार अधिवेशनमा जाने निर्णग गरेको डडेल्धुरा कांग्रेसले अधिवेशनको तयारीका लागि आज बिहीबार जिल्ला कार्यसमितिको बैठक बोलाएको छ ।


















