सुदूरपश्चिमका ८ जिल्लामा महाधिवेशनका लागि देउवा समूहले तोक्यो संयोजक, कुन जिल्लामा को ?

Image

डडेल्धुरा–समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सुदूरपश्चिमका ८ जिल्लामा संयोजक तोकेको छ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको समूहले जिल्लामा संयोजक तोकेको हो । असोज १५ गते वडा अधिवेशन गरेर मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने मिति निर्धारण गरेको समूहले जिल्ला संयोजक तोकेको हो। बाजुरामा धनराज पण्डित, बझाङमा हर्कजंगबहादुर सिंह, डोटीमा नरेन्द्रबहादुर सिंह, दार्चुलामा सुरेन्द्र अवस्थी, बैतडीमा वीरबहादुर विष्ट, डडेलधुरामा डिल्लीराज जोशी, कञ्चनपुरमा पदम बोगटी र कैलालीमा खेम बहादुर डगौरा थारु संयोजक तोकिएका छन् । यस्तै कैलालीमा राम समझ रानालाई सहसंयोजक तोकिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्