वर्षाले जापानसँगको क्रिकेट रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा

Image

डडेल्धुरा–जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेटतर्फ नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

आज (शनिबार) बिहान समूह ‘ए’ अन्तर्गत जापानसँगको खेल वर्षाले रद्द भएपछि नेपाल समूह विजेताका रूपमा क्वार्टरफाइनल पुगेको हो। अब नेपालले क्वार्टरफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ। शनिबार बिहान नेपाल र जापानबिच खेल सुरु हुनासाथ वर्षा हुन थालेपछि खेल १५ ओभरमा घटाइएको थियो। जसमा सन्दीप जोरा र लोकेश बमले विस्फोटका इनिङ खेलेका थिए।

सन्दीपले ३२ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५७ रनको विस्फोटक इनिङ र बमले २२ बलमा १ चौका र ६ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै आसिफ शेखले २१ रन बनाए। तर दोस्रो इनिङ वर्षाले रोक्दा खेल रद्द गरियो।

प्रतिक्रिया जनाउनुहाेस्